लोसपाको नजरमा जसपा : माओवादीको टीम ‘बी’

लोकतान्त्रिक समाजवादी पार्टीले दलहरुले जनमत धरापमा परेको निष्कर्ष निकालेको छ । स्थानीय तह निर्वाचनका लागि सो पार्टीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालमा सयभन्दा बढी राजनीतिक दलहरू अस्तित्वमा रहेको भएपनि राष्ट्रिय मान्यता प्राप्त दलहरू छ वटा मात्र भएको उल्लेख गरिएको छ ।

यी छ दलहरूमध्ये नेपाली काँग्रेस र लोसपा नेपाल लोकतान्त्रिक कित्तालाई प्रतिनिधित्व गर्ने दल भएको र बाँकी चारवटा दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा, नेपाल कम्युनिस्ट खेमाका दलहरू भएको किटान गरिएको छ । सो पार्टी जसपामाथि खनिएको छ । लोसपाले जसपालाई माओवादीको टीम बी भन्दै कटाक्ष गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार