बागलुङमा एमाले र राप्रपाबीच चुनावी तालमेल

बागलुङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेलको सहमति भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको सहमति भएको हो ।

बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गरेका छन् ।

त्यस्तै राप्रपाले केही वडा सदस्य पनि पाएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपाले पाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार