काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् ।
तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाई छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वाभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णयअनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् । थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे ।