जिम्बाब्बेविरुद्धको एकदिवसीय खेलका लागि नेपाली टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्बेविरुद्धको एक दिवसीय शृंखला खेल्ने टोली घोषण गरेको छ । सन्दीप लामिछानेको कप्तनीमा १६ जनाको टोली घोषणा गरेको हो ।

यसअघि क्यानले एकदिवसीय र टी–२० शृंखलाका लागि २३ जनाको नाम घोषणा गरेको थियो । त्यसैबाट एकदिवसीय टोलीका लागि १६ जनालाई चयन गरेको हो । टिममा सुनिल धमलाले कमब्याक गरेका छन् ।

१६ जनाको नेपाली टोलीमा आशिफ सेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ सेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनील धमला, सुशन भारी, र आदिल अन्सारी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार