कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा कांग्रेसको प्रचार सम्पर्क कार्यालयमा आक्रमण भएको छ । बिहीबार राति कार्यालयमा आक्रमण गरेर कार्यालय तथा सवारीसाधन तोडफोड भएको छ । आक्रमणमा परी सात जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।आक्रमणमा परी कमल भुजेल, रञ्जित कुँवर, सन्तोष भुजेल, पेशल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएका हुन् ।

कांग्रेसका उपसभापति दिपक घिमिरेले एमालेका कार्यकर्ताले प्रचार काार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् । बिहीबार राति १२ बजेतिर एक्कासी आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारबाही गर्न कांग्रेस दुधौलीले माग गरेको छ ।

दुईवटा प्रचारका गाडी र मोटरसाइकलहरुमा क्षती पुर्‍याएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । आक्रमणबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका ना७ ख ७७७० नम्बरको ठूलो टिफर, जीपमा क्षति पुगेको छ ।

शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार