सत्तागठबन्धले जनतासँग मजाक गर्दैछ : राजेन्द्र महत्तो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गरे ।देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाई थियो ।

उनले भने, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेका हुन् । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ । यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आइरहेको छ ? सरकारी पार्टीहरुले जुन गठबन्धन गरेका छन, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो ? देश र दुनियाँले के बुझ्ने हो ? त्यसैले जनताले पार्टीको आधारमा चुनाव गराउने हो भने काँग्रेस पार्टीलाई कुन पालिका, कुन वडामा जनताले कति भोट दियो, माओवादी, जसपा, यी पार्टीहरूलाई जनताले कसरी समर्थन गर्यो भनेर कसरी बुझ्ने हो ? दलीय सिस्टम हो त्यो ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार