मालपोतका हाकिमबिरुद्ध भष्ट्रचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएका भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिलकुमार झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । झाका बिरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो ।जग्गा सम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग उक्त घुस लिइसकेको अवस्थामा आयोगले २०७८ चैत २८ नियन्त्रणमा लिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार