वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बुको मृत्यु

स्थानीय तहको चुनावमा सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । मोरङको केराबारी गाँउपालिका–२ बाट उठेका नवीनकुमार लिम्बुको आज बिहान निधन भएको हो ।

हिजो चुनावी अभियान सकेर घरमा सुतेका लिम्बु आज बिहान एकाएक बेहोस भएर ढलेका थिए । लगत्तै अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको पालिका प्रवक्ता जंगराज खवासले बताए ।

३७ वर्षीय लिम्बुको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ । शव पोस्टमार्टमका लागि पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार