सुजिता मृत्यु प्रकरण : सुकदेव भण्डारीले पाए सफाइ

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीले सफाइ पाएका हुन् ।

भण्डारीको आत्महत्या दुत्साहनसम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । भण्डारीको २०७८ असार २० गते चितवनको ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको थियो ।

घटनास्थलमा विषदीको बट्टा पनि भेटिएको थियो । २०७८ साउन ३१ गते चितवन जिल्ला अदालतमा राप्ती–३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी मुद्धा दायर भएको थियो ।

चितवन अदालतका न्यायधिस प्रकाश कुमार अधिकारीको इजलासले सुकदेवसँग साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको थियो ।

झापा जिल्ला झापा गाउँपालिका –६, शरणामतीका २३ वर्षीय भण्डारी नातामा मृतक सुजिताका दाइ हुन् । उनीहरूबीचमा ‘प्रेमसम्बन्ध’ रहेको थियो ।

२०७८ असार ९ गते सुजिताले सचिनलाई विवाह गर्न प्रस्ताव गरेकी थिइन् । सो विषयमा विवाद भएपछि सुजिताले आत्महत्या गरेको खुल्न आएको थियो ।प्रेमसम्बन्धकै कारण सुजिताले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार