करिब ७० केजी गाँजासहित एक युवा पक्राउ

चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार