‘कबड्डी ४’ले रिलिजअघि नै उठायो लगानी

प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ ।बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ ।

निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भइसकेको बताए । उनका अनुसार जेठ १३ गते नेपालसहित ती मुलुकमा एकसाथ फिल्म प्रदर्शन हुनेछ ।

निर्माता पोखरेलका अनुसार फिल्मका अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । राइट बिक्री भइसकेका विदेशी मुलुकमा नेपालसँगै फिल्म रिलिज हुने जानकारी पनि उनले दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार