हिमालय एयलाइन्सकाे शौचालयमा लुकाएर सुन तस्करी, कर्मचारीसहित ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेकाे छ । विमानस्थल स्राेतका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ गरिएकाे हाे ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

उनीहरुले हिमालय एयलाइन्स विमानकाे शौचालयमा लुकाइएको सुन पास गराउन खोजेकाे तर चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार