भरतपुर महानगर : उम्मेदवारी फिर्ता नलिने पौडेलको अडान, रेनुलाई चुनौती

भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । काँग्रेस नेताहरुले आज बिहान पनि उम्मेदवारी फिर्ता गराउने प्रयास गरेपनि सफल हुन सकेनन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बिहिबारदेखि नै उनलाई फकाउने प्रयास गरिराखेका छन् ।

उनीहरुले आज बिहान पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । तर सो छलफल टुंगोमा नपुगेको चितवन कांग्रेसका एक नेताले बताए ।

सत्ता गठवन्धनतर्फबाट भरतपुर महानगरको मेयरमा रेनु दाहालले उम्मेदवारी दिएकी छन् । उनलाई चुनौती दिंदै कांग्रेसका जिल्लास्तरीय नेता जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारी फिर्ताको अन्तिम दिन आज भएकाले सत्ता गठवन्धनलाई भरतपुरको संकट कसरी टार्ने भन्ने समस्या छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार