अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवर्षे कार्यकाल रहँदै राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् । यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि सरकारले २०७६ जेठमा दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।

नेकपालाई सर्वोच्च अदालतले पुरानै अवस्थामा ल्याएर एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी ओली सरकारले माओवादी कोटाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षबीच विवाद बढिरहँदा राजदूत दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार