स्थानीय निर्वाचन : आज साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज साँझ अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगको तालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयावधि रहेको छ ।उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम राखेको हो ।

वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो । उक्त मनोनयन विरुद्ध दाबी विरोधको मिति वैशाख १४ गते सकिएको छ । शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय आयोगले दिएको छ ।

आयोगका अनुसार एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तीमध्ये प्रमुख पदमा तीन हजार ५१८ जना, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाले उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार