चोरी गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी–२ का १९ वर्षीय सागर परियार र मिलन कुँवर पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अर्घाखाँचीको डाँडाखर्कबाट पक्राउ गरेको हो।
उनीहरूले गत चैत २१ गते गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेस्थित यमबहादुर सुनारको सिद्धबाबा होटलबाट राति करिब १० बजे ढोका तोडफोड गरी नगद ६० हजार चोरी गरेका थिए।
उनीहरूमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।