ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते

रसुवामा ग्याँस सिलिण्डर पड्किएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । नौकुण्ड गाउँपालिका–५ भोर्लेस्थित कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।

दुर्घटनामा कामीसहित उनकी ५० वर्षीया श्रीमती गोमा घाइते भएकी रसुवा प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार