गृहमन्त्री बागी उम्मेदवारलाई फकाउन चितवन पुगेको विषय आफ्नो नोटिसमा रहेको निर्वाचन आयोगले जनाएको छ। सार्वजनिक पदमा रहेको व्यक्ति फिल्डमा पुग्नु आचारसंहिता अनुकुल नहुने आयोगको भनाइ छ ।
‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरुको हिसावलमा उठ्न नपर्ने मान्छेहरु उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पक्कैपनि आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’