यौन दुर्व्यवहार सम्बन्धी प्रश्न आएपछि जंगिए केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरको उमेदवार रहेका केशव स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएपछि जंगिएका छन् ।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएको थियो ।

उनीमाथि यौन दुर्व्यवहारको विषयमा प्रश्न सोधेपछि जंगिएका थिए । “यो बैनीको फेस त नाइस छ तर थुतुनो भएन,” स्थापितले भनेका छन् ।

यति भने पछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि ताने । उनी बस्न त बसे । उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जंगिए । रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार