काँग्रेसका एक सय बढी पुराना नेता–कार्यकर्ताले छाडे पार्टी

नेपाली काँग्रेसका  नेता कार्यकर्ताले पार्टी छाडेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका भित्रका एक सय बढी पुराना नेता कार्यकर्ताले काँग्रेस छाडेको घोषणा गरेका हुन्  ।
तुलसीपुरका उद्योगपति डिल्लीबहादुर बस्नेतसहित एक सय बढी नेता तथा कार्यकर्ताले काँग्रेस पार्टी परित्याग गरेका छन्  ।
 पार्टीले आफूहरू माथि ठूलो अन्याय र अपमान गरेको भन्दै पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन् । अपहेलित भएर पार्टीमा बस्न मन नभएको उनीहरूको भनाई छ ।
पार्टी परित्याग गर्नेको सङ्ख्या अझै बढ्ने बताइएको छ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार