काठमाडौं । जेठ १ देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्सेले शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । शनिबार र आइतबार कारोबार बन्द हुनेछ ।
हाल सातामा दिन पाँच दिन (आइतबार देखि बिहीबारसम्म) सेयर कारोबार हुँदै आएको छ । जसअनुसार शुक्रबार र शनिबार सेयर किनबेच बन्द हुन्छ ।
आइतबार सार्वजनिक बिदा हुने भएपछि शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने गरी छलफल भएको र छिट्टै सञ्चालक समितिबाट निर्णय गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिए ।