बालेनलाई लक्षित गर्दै काँग्रेस प्रवक्ताले भने– ‘राजनीति मनोरञ्जनमात्रै हाेईन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको राजनीति अहिले मनोरञ्जनमय भएको बताएका छन् । सत्ता गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले राजनीति मनोरञ्जनमात्रै नभएको बताएका हुने । उनले चुनावको मुखमा राजनीतिलाई मानिसहरूले मनोरञ्जनको रुपमा मात्रै बुझिदिनुपर्ने हो कि भन्ने अवस्था सिर्जना भएको बताए ।

‘कहिले कसले मनोरञ्जन गर्छ, कहिले कसले गर्छ, अहिले काठमाडौंमा केशव स्थापित फेरि मनोरञ्जन गरिरहेको देख्छु,’ उनले भने, ‘राजनीति भनेको मनोरञ्जन होइन, चुनावको मुखमा जसले धेरै मनोरञ्जन दिन्छ, उसैलाई जिताउनुपर्ने हो कि भनेजस्तो अवस्था सिर्जना गर्न खोजेको देख्छु । तर अब धेरै मनोरञ्जन चल्दैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार