गृहमन्त्री खाँणलाई भरतपुरका वागी उम्मेदवार पौडेलले भने – मेरो उम्मेदवारी फिर्ता हुँदैन

भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता नलिने जवाफ दिएका छन् ।

उनले आफ्नाे उम्मेदवारी चितवनका नेताहरुको मान मर्यादा, प्रतिष्ठा, उनीहरुको भविष्यसँग जोडिएको बताउँदै उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ दिएका हुन् ।

आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको (गृहमन्त्री खाँणको) भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें ।’

उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार