काठमाडौंको शंखरापुर नगरपालिकामा एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् ।सो नगरपालिकाको वडा नम्बर २ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी मनिषा परियार ‘वर्षा’ निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन सम्पन्न भएपछि मात्रै उनी निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।सो वडामा अन्य दलबाट दलित महिला सदस्य पदको कुनैपनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय शंखरापुरले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया