बलात्कार आरोपमा रुकुमबाट दुई युवा पक्राउ

काठमाडौं । रूकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोट बस्ने २९ वर्षीय तीर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियार छन् ।

उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्यानापातल जंगलमा लगी बलात्कार गरेको सूचनापछि प्रहरीचौकी हुकामबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार