विहिबार सुनचाँदीको मुल्य घटेको छ । एकै दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा हजार रुपैयाँले नै घटेर ९७ हजार ५०० कायम भएको छ ।यसदिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ गिरावट आएर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।