बागी उम्मेदवारलाई फकाउन कांग्रेस नेताहरुको लर्को

चितवन भरतपुरको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई उम्मेद्वारी फिर्ता लिन चर्को दबाव परेको छ । उनलाई भेट्न कांग्रेस नेताहरु चितवन जाने क्रम बढेको छ ।

चितवनमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्दा भरतपुरको भाग नेकपा माओवादी केन्द्रलाई परेको थियो । त्यहाँ भरतपुरको मेयरका लागि माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएकी छिन् । तर, यसले कांग्रेस नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्टि देखिएको छ ।

बिहीबार मात्र खतिवडालाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण चितवन पुगेका थिए । बिहीबार राति नै अर्का कांग्रेस नेता तथा राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवन पुगेका छन् ।

श्रेष्ठले खतिवडालाई उनको घरमा नै पुगेर भेटेका छन् । भेटमा उनले उम्मेदवारी फिर्ता लिन खतिवडालाई अनुरोध गरेका छन् । यो भेटपछि श्रेष्ठले खतिवडा उम्मेदवारी फिर्ता लिन सकारात्मक भएको बताएका छन् ।

श्रेष्ठले आफू कांग्रेसको केन्द्रीय सदस्य भएकाले पनि पार्टीमा समस्या पर्दा चितवन आएको बताएका छन् । उनले पार्टीलाई समस्या पर्दा आफू तत्पर हुने र अहिले खतिवडासँग भएको छलफल निकै सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार