काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि उनी अमेरिका भ्रमण गएको विषयमा आयोगले स्पष्टिकरण सोधेको हो । आयोगले सोधेको स्पष्टिकरणबारे मन्त्री झाँक्रीले जवाफ पनि पठाएकी छिन् । अब आयोगलाई यो जवाफ मन नपरेको खण्डमा उसले झाँक्रीलाई आयोगमा नै बोलाएर थप स्पष्टिकरण सोध्न सक्छ ।
आयोगको अनुमति नलिइ सरकारी पदाधिकारीहरु विदेश जान नपाउने प्रावधानको बेवास्ता गर्दै मन्त्री झाँक्री गत साता अमेरिका गएकी थिइन् ।
उनले कुनै जानकारी नदिएपछि र आयोगमा उजुरी परेपछि आयोगले उनलाई स्पष्टिकरण सोधेको हो ।