निर्माण व्यवसायीले आजबाट प्रधानमन्त्री निवासअघि धर्ना दिने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आजबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन्।महासंघले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरू लगायतको संशोधन तथा खारेजीको माग गर्दै आएको छ।

आन्दोलनका रूपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएकोले बाध्य भएर प्रधानमन्त्री निवास अगाडि धर्ना दिनुपरेको महासंघको भनाइ छ।

महासंघले भोलिबाट आफ्नो माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि धर्ना दिने बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार