नारायणगढको कमलनगर चोकमा रहेको एक घरमा आगलागी

चितवनको नारायणगढस्थित कमलनगरको एक घरमा भीषण आगलागी भएको छ । बिहान २ बजेदेखि विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा भएको आगलागीबाट ६ पसल जलेर नष्ट भएका छन् । भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर नष्ट भएका छन् । विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दोस्रो तलामा रहेका पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ । आगलागी बाट करोडौंको क्षति भएको भनिएपनि यकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार