विराटनगर महानगरका मेयर पराजुलीले दिए राजीनामा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उनले मेयरबाट राजीनामा दिएको बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर पुगेलगत्तै उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए ।

पराजुलीले यसपटक पुन: मेयरमा दाबी गरेका थिए । गठबन्धनले नेपाली कांग्रेसका नागेश कोइरालालाई मेयरमा अघि सारेको छ । कोइराला नेता डा। शेखर कोइराला समूहका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार