सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आईजीपी पुष्पराम केसीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद्को बैशाख १३ मा अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा आईजीपी केसीले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सरकारले अर्याललाई पदोन्नति गरेको बताए ।