निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री कार्यलयमा धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले मूल्यवृद्धिको विरोधमा धर्ना दिँदै आएको छ । बैसाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलमा बिहान ११ बजेदेखि १२ बजेसम्म र बीमा समिति कुपण्डोलमा दिउँसो १ बजेदेखि दिँदै आएको धर्ना अब बालुवाटारमा गर्न लागिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोलिदेखि एक घण्टा धर्ना कार्यक्रम सुरु गरिने महासंघले बताएको छ । आन्दोलनका कार्यक्रमहरु शान्तिपूर्णरुपमा गरिएता पनि आफूहरुको माग सम्बोधन नभएकाले धर्नास्थल सारिएको उनीहरुको भनाइ छ ।

महासंघका अध्यक्ष रवि सिंहका अनुसार उनीहरूले बिहान ९ बजेदेखि १० बजेसम्म दैनिक एक घण्टा बालुवाटारमा धर्ना दिन लागेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार