महंगी अझै बढ्छ, विदेशी मुद्रा सञ्चिति घट्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले महंगी बढ्ने बताएका छन् । राष्ट्र बैंकको ६७औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले रुस र युक्रेनबीचको युद्धका कारण अधिकारीले महंगी बढ्ने बताएका हुन् ।

अधिकारीले कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई बलियो बनाउन लचिलो मौद्रिक नीति ल्याएको दाबी गरेका छन् । घर जग्गा, सेयर धितो कर्जालगायत विभिन्न कर्जाको जोखिम भार बढाएको पनि जानकारी गराए । रसिया युक्रेनको युद्धको कारण नेपालमा पनि केही समय मूल्य बढ्ने समेत बताएका छन्।
त्यस्तै अधिकारीले विदेशी मुद्रा सञ्चिति अझै घट्ने बताए । संक्रमण घट्दै गएकाले अर्थतन्त्रको माग अझै बढ्ने भएकाले विदेशी विनिमय सञ्चितिमा चाप थपिने उनको भनाइ छ ।

चालु आवमा राष्ट्र बैंकले धेरै नीतिगत व्यवस्था गरेर अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार