काठमाडौं । चितुवाको छालासहित सुर्खेतबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापासहित ३ जना छन् ।
वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित एक होटलबाट १ थान चितुवाको छालासहित उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।