एमसीसी परियोजना रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसिसी आएको दाबी गरेका छन् । बुधबार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसिसी प्रस्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको बताएका हुन् ।

उनले एमसीसी परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कतिपयले एमसिसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे ।

गृहमन्त्री खाँणले पूर्ववर्ती सरकारले करिव ४ वर्षसम्म एमसिसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए । उनले एमसिसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार