निर्मला काण्ड ‘ब्रेक थ्रु’ गर्न नसकेकोमा दुखी छु : आईजीपी क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्त बलात्कार हत्या प्रकरण ब्रेक थ्रु गर्न नसकेकोमा दुख व्यक्त गरेका छन् ।

वैशाख १८ गते अनिवार्य अवकाशमा जान लागेका आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बुधबार सुरक्षासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रियामा उक्त कुरा बताएका हुन्।

क्षेत्रीले भने, ‘निर्मला काण्ड मेरै कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुशी हुन्थेँ। ब्रेक थ्रु गर्न हामी निरन्तर लागिरह्यौं। तर पनि अहिलेसम्म सुल्झन सकेन । म पछि प्रहरी नेतृत्वमा आउनेहरुबाट सुल्झिएला भन्ने अपेक्षा गरेको छु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार