‘कबड्डी ४ः द फाइनल म्याच’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ। निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा लेखन छ।फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो।

ट्रेलरमा अभिनेता बुद्धि तामाङ र विजय बराल अभिनित पात्र काजीको रुपमा देखिएका दयाहाङ राईको बिहेका लागि संघर्ष गरिरहेको देखाइएको छ। यता पटक पटकको प्रयासबाट पनि विवाह गर्न नसकेको काजीको भूमिकामा रहेका राई भने घरबाट भागेर अन्यत्रै पुगेका हुन्छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार