स्थानीय तह निर्वाचन : एमालेबाट उम्मेद्वारी दिनेको संख्या सबैभन्दा धेरै

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ । प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै उप्रमुखका २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र ११९ महिलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै ३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १२८ जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार