सर्लाहीमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।बुधबार बिहान तेलको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको र छोरा घाइते भएको जिल्ला प्रहरी कर्याालय सर्लाहीले जनाएको छ।
जिल्लाको बागमतीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर सप्तरीको राजविराज नगरपालिका–१ की ६० वर्षीया प्रमिलादेवी यादवको मृत्यु भएको हो। उनका २५ वर्षीय छोरा घाइते भएका छन्।