बिहेमा डिजे बजाउने विषयमा झडप हुँदा एक जनाको मृत्यु

सप्तरीमा एउटा बिहेमा झडप हुँदा एक जनाको ज्यान गएको छ । डिजे बनाउने विषयमा भएको विवादपछि झडप भएको हो ।सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।

रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए ।उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार