ओलीलाई ट्युसन पढाउने गगन थापाकाे इच्छा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई रिस उठ्यो भनेर आफूले कहिले पनि झुटो नबोल्ने बताएका छन् । उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।

“जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,” उनले भने, “केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले ।”

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घोषणा पत्रमार्फत् नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि केपी शर्मा ओली सन्केर पागल भनेको बताएका छन्। स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले घोषणा पत्रमा सत्य तथ्य कुरा लेखेको बताए।

उनले फुर्सद भएको बेला बलाकोटमै पुगेर ओलीको ट्युसन लिने बताए। ‘उहाँले मलाई चोर्‍यो चोर्‍यो भन्नुहुन्छ। हिजो पनि चोर्‍यो भन्नुभयो। अहिले चुनावको बेला छ। उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन। उहाँ अध्यक्ष, म महामन्त्री। अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु,’ उनले भने, ‘ट्युसन पढाउनैपर्ने भाछ। मेरो समृद्धको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस्। तपाईँको आइडिया तपाइसँगै राख्नुस। न मलाई चोर्नुछ, न कांग्रेसको साथीलाई चोर्नुछ। समृद्धि तपाईँकै आइडिया हो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार