बागीलाई मिलाउन गृहमन्त्री खाँण चितवनमा

सत्ता गठबन्धन जोगाउन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन पठाएका छन् ।गृहनगर रुपन्देहीको बुटवल जान लागेका गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले चितवन जान भनेपछि उनी चितवतर्फ जान लागेका हुन् ।

अहिले केही बेरमा उनी चितवन जान लागेको उनको सचिवालयले जनाएको छ । कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएकालाई मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई पठाएको बताइएको छ ।भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए।

‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन। तर मन ल्याएर आएको छ। म उहाँहरूलाई सम्झाउँछु,’ खाणले भने,‘उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ।’

सत्ता गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो। माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार