सेयर बजारमा सामान्य सुधार

बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक ५।१५ अंकले बढेर २३७६।१७ विन्दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ। आज १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँको सेयर कारोबार भयो। यसअघि कारोबारको तेस्रो दिन मंगलबार १ अर्ब ४ करोड बराबरको सेयर कारोबार भएको थियो।

आज २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर १ अर्ब ८ करोड ९९ लाख ३६ हजार रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता सेयर १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार