चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराब नभएको सरकारको दाबी

काठमाडौं । सरकारले बाहिर चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराब नभएको दाबी गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको अर्थतन्त्र खराब नभएको बताएका हुन्।

त्यस्तै कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए । बैठकले सशसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायव महानिरिक्षक राजु अर्याललाई बढुवा गर्ने, सिन्धुपाल्चोकको तातोपानी अन्तर्गत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाँउपालीकालाई लिजमा उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार