मेयरको टिकट नपाएपछि पार्टी परित्यागको घोषणा

नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधर कुमार पोखरेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट दाबी गरेका पोखरेलले टिकट पाएका थिएनन् । टिकट नपाएपछि उनले पार्टी परित्याग गरेका हुन । हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट भने निवर्तमान उपमेयर मिना कुमारी लामाले पाएकी छिन् । पोखरेलसहित जिल्ला सदस्यहरु देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डि।सी। र गोपालबहादुर स्याङतानले पनि राजीनामा दिएका छन् ।

पोखरेलले कम्युनिस्ट आन्दोलन नै क्षतिविक्षत हुने ठहरका साथ विद्रोह गर्न आग्रह समेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार