राष्ट्र बैंकले ‘डिजिटल करेन्सी’ ल्याउने

नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउने भएको छ । विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला राष्ट्र बैंकले पनि नेपालमा डिजिटल करेन्सी प्रयोगमा ल्याउने भएको हो।

नेपाल राष्ट्र बैंकका ६७औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउन लागेको जानकारी दिएका छन् ।

पछिल्लो समय धेरै मुलुकहरूमा डिजिटल मुद्राको कारोबार हुने गरेको छ । बिट क्वाइन, क्रिप्टोकरेन्सी जस्ता मुद्राहरू नेपालमा भने अवैध हुन् ।

भारतले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिल करेन्सी ल्याउने घोषणा गरिसकेको छ । छिमेकी मुलुकलेसमेत आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेपछि नेपालमा पनि ल्याउने घोषणा भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार