आईपीएल : आज गुजरात र हैदरावाद भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

शीर्ष स्थानको राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । यता हैदरावादलाई पनि शीर्ष स्थानमा उक्लने मौका छ । त्यसका लागि हैदरावादलाई फराकिलो जितको आवश्यक छ । लिगमा ७ खेल खेलेको हैदरावाद १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार