गठबन्धनविपरीतका उम्मेदवारी फिर्ता गर्न निर्देशन

सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल विपरीत दिएका उम्मेदवारी फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय चुनावमा वडा तहसम्मै तालमेललाई प्रभावकारी बनाउने लगायत सात निर्णय गरेको छ। बैठकपछि पाँचै दलका शीर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा तालमेललाई मजबूत बनाउन आआफ्ना दलका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै गठबन्धन बाहिरका दलसँग कुनै पनि तहमा तालमेल नगर्ने निर्णय गरिएको छ। गठबन्धनको निर्णयमा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार