विप्लवले गरे नेताहरू धर्मेन्द्र र सुदर्शनलाई पदमुक्त

फुटपरस्त गतिविधि गरेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।

विप्लवले फुटपरस्त गतिविधि गरेको आरोपमा उनीहरूलाई पदमुक्त गरेका हुन् ।विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार